कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।

मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : मन्त्री श्रेष्ठ

आइतबार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरु सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन बताए ।

‘उहाँहरु हामी जाने क्रममा छौं । हामी विश्वस्त भएर जाँदैछौं । धेरैले आजै बेलुका जान्छौं होला भन्नुभएको छ । सहमति कार्यान्वयन हुन्छ उहाँहरु ढुक्क हुनुहुन्छ । पहिला कार्यान्वयन नभएका कारणले वा समस्या भएको कारणले नै हामीले गम्भीरतापूर्वक लिएर यसलाई कार्यान्वयनमा लैजाने कुरा गरेका हौं । त्यसकारणले अब कार्यान्वयन हुन्छ । आयोग बनाउने कानुनको प्रक्रिया अगाडि बढिसकेको छ । आयोग बनाउने प्रक्रिया हुन्छ तुरुन्तै प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगिसकेको छ ।’

पीडितहरु पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनीहरुले आफूहरुले न्याय पाउनेमा विश्वास व्यक्त गरे । उनीहरुले सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताए ।

प्रकाशित : चैत्र १९, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?