कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मञ्जु शर्मा अन्सारीले लिइन् सांसद पदको शपथ

काठमाडौँ — जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ ग्रहण गरेकी छन् । सभामुख देवराज घिमिरेले सिंदरबारस्थित कानुन समितिको हलमा अन्सारीलाई आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

मञ्जु शर्मा अन्सारीले लिइन् सांसद पदको शपथ

यसअघि समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेकी सांसद शहनाज रहमानको निधन भएपछि एक पद रिक्त भएको थियो । जसपाले गत चैत २ मा रिक्त भएको प्रतिनिधिसभा सदस्य पदमा अन्सारीको नाम सिफारिस गरेको थियो ।

अन्सारी सप्तरीकी नेता हुन् । बन्दसूचीमा उनको नाम मुस्लिम महिला क्लस्टरतर्फ दोस्रो नम्बरमा रहेको थियो ।

शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा राना, नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डे, संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमसहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : चैत्र १९, २०७९ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?