कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बारा-२ मा उपेन्द्रलाई सघाउने कि आफैं उम्मेदवारी दिने भन्ने छलफलमा कांग्रेस

काठमाडौँ — बारा-२ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा कांग्रेस छलफलमा छ । बारा-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने तयारीमा छन् भने उनले आफूलाई गठबन्धनको उम्मेदवार बनाउन शीर्ष नेताहरुमाझ यसअघि नै छलफल गरिसकेका छन् । तर उपनिर्वाचनको मुखैमा कांग्रेससँग आबद्ध रहेका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी उम्मेदवार बन्ने भएपछि बारा-२ का विषयमा के गर्ने भन्ने विषयमा कांग्रेसमा अन्योल छाएको छ ।

बारा-२ मा उपेन्द्रलाई सघाउने कि आफैं उम्मेदवारी दिने भन्ने छलफलमा कांग्रेस

नेताहरु आफैं उम्मेदवार उठाएर पार्टीको संगठनको मत संरक्षण गर्ने वा उपेन्द्रलाई सघाउने भन्नेबारे छलफलमा छन् । सभापति शेरबहादुर देउवाले बारा-२ मा उम्मेदवारीसहित समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

सानेपास्थित केन्द्रीय कार्यालयमा अहिले १० बजेबाट बैठक बस्दैछ । बैठकमा बारा-२ मा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए । 'बारा-२ मा उपेन्द्र यादवको उम्मेदवारी हुने कुरा छ । तर गठबन्धनमा उनैलाई आधिकारिक उम्मेदवार बनाउने वा नबनाउने भन्ने विषयमा अहिलेको बैठकमा छलफल हुन्छ,' ती पदाधिकारीले भने, 'पार्टीबाटै उम्मेदवारी दिनुपर्छ भन्ने माग चर्को छ । हुन त सभापतिजीले उपेन्द्रलाई वचन दिइसकेको पनि हुन सक्नुहुन्छ । तर त्यसबारे जिल्लाका साथीहरुसँग परामर्श गरेर अन्तिम निर्णय लिने तयारी छ ।'

वैशाख १० मा तनहुँ-१ र चितवन-२ मा पनि उपनिर्वाचन हुँदैछ । ती क्षेत्रमा भने सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले उम्मेदवारी दिने निर्क्योल भइसकेको छ भने उम्मेदवार पनि चयन भइसकेका छन् । चितवन-२ मा कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने तनहुँ-१ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ ।

यसअघि बारा-२ बाट एमालेको सहयोगमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । जसपा संसदीय दलको नेता बनेका उनलाई उपराष्ट्रपति बनाएर जसपा अध्यक्ष आफैं त्यही क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा छन् ।

प्रकाशित : चैत्र १९, २०७९ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?