तनहुँ-१ मा रास्वपाको उम्मेदवार स्वर्णिम वाग्ले बन्ने निश्चित

काठमाडौँ — तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट अर्थशास्त्री स्वर्णिम वाग्ले उम्मेदवार बन्ने भएका छन् । रास्वपाबाट तनहुँ-१ मा वाग्लेसहित ४ जना आकांक्षी भए पनि ३ जनाले नाम फिर्ता लिएपछि वाग्लेको उम्मेदवारी सुनिश्चित भएको हो ।

तनहुँ-१ मा रास्वपाको उम्मेदवार स्वर्णिम वाग्ले बन्ने निश्चित

तनहुँ-१ मा फिल्म निर्देशक नारायण पुरीसहित रुपक विक र ईश्वर लामिछानेले पनि प्रारम्भिक निर्वाचनमा भाग लिने चाहना देखाएका थिए । तनहुँ-१ का लागि निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले ३ जनाले वाग्लेको नाममा सहमति जनाउँदै नाम फिर्ता लिएको जानकारी दिए । रास्वपाबाट निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरू प्रारम्भिक निर्वाचन जितेर आउनुपर्नेछ उसको विधान छ ।

कांग्रेसभित्र भावी अर्थमन्त्रीका रूपमा हेरिएका अर्थशास्त्री वाग्लेले ‘तीन पुस्ता’ को पारिवारिक विरासत गाँसिएको कांग्रेसबाट बिहीबार अलग भएको घोषणा गरेका थिए । कांग्रेसले उक्त क्षेत्रबाट नेविसंघका पूर्वअध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेलगत्तै वाग्लेले कांग्रेस नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गोविन्द पोखरेललाई सम्बोधन गर्दै पार्टी त्याग गरेको जानकारी गराएका थिए ।

कांग्रेस किन छाडेको भन्ने प्रश्नको उनले फेसबुकमार्फत सार्वजनिक जवाफ दिएका छन् । उनले नेतृत्वको व्यवहार र कार्यशैलीलाई मुख्य कारण मानेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : चैत्र १७, २०७९ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?