कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

चितवन-२ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

चैत्र १६, २०७९
चितवन-२ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौँ — कांग्रेसले चितवन-२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि १० वैशाखमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा यसअघि कांग्रेसबाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ उम्मेदवार थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने उम्मेदवार तय गरिसकेको छैन । यद्यपि उसले सभापति लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ ।

पार्टीले टिकट दिने निर्णय गरेपछि जितनारायण श्रेष्ठले प्रतिक्रिया दिँदै आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । उनले गत मंसिरको नतिजाको ठीक उल्टो परिणाम पनि आउने बताए । उनले भने, 'मंसिरको उल्टो परिणाम आउँछ । जनतामा रहेको निराशाका कारण नतिजा त्यस्तो आयो । रविजीले प्रचारबाजी र फन्डा गर्नुभयो त्यसमा चितवनका जनताले हो कि भनेर झुक्किनुभयो । तर अहिले त्यो कुरा चितवनका जनताले बुझिसके ।'

प्रकाशित : चैत्र १६, २०७९ ११:५९
×