१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

रसुवागढी–केरूङ नाका दुईतर्फी सञ्चालन गर्ने चीनको पुन: प्रतिबद्धता

काठमाडौँ — चीनले रसुवागढी–केरुङ नाका सुरू गर्ने फेरि प्रतिबद्धता गरेको छ । कोभिड–१९ पछि चीनको शून्य कोभिड–१९ नीतिको कारण लगातार रुपमा उत्तरी नाकाहरुमा व्यापारमा अवरोध हुँदै आइरहेको छ । तर बुधबार ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकमा चीनले फेरि केरूङ नाकालाई दुईतर्फी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरेको हो ।

रसुवागढी–केरूङ नाका दुईतर्फी सञ्चालन गर्ने चीनको पुन: प्रतिबद्धता

ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले बैठकपछि जारी गरेको विज्ञप्ति अनुसार चीनले चैत १८ गते (आगामी शनिबार) देखि उक्त नाकामा दुईतर्फी व्यापारका लागि पूर्ण सञ्चालन गर्ने जनाएको हो । साथै, यस पटक जनताको पनि दुईतर्फी आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्न लागिएको जनाएको छ । कोभिड–१९ पछि पहिलो पटक चीनले दुईतर्फी रुपमा जनतालाई आवत–जावत गर्नको लागि खुला गर्न लागेको हो ।

उक्त नाका सुरू गर्ने सम्बन्धमा भने चीनले पटक–पटक वाचा गर्दै आएको छ । चीनले वाचा गरे पनि नाका खोल्न सकेको छैन । गत वर्ष चीनका तत्कालीन विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण र त्यसपछि तत्कालीन परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमण तथा चीनका राष्ट्रिय जन कंग्रेसका अध्यक्ष चाङ सुको नेपाल भ्रमणको दौरान पनि चीनले केरुङ नाकालाई सञ्चालन गर्ने जनाएको थियो । तर हालसम्म त्यो हुन सकेको छैन । र फेरि बुधबार ल्हासामा नाका शनिबारदेखि नाका खुलाउने विषयमा सहमति भएको छ ।

साथै, चीनले तातोपानी नाका पनि दुईतर्फी व्यापार गर्न र जनताको आवतजावत गर्नको लागि आगामी वैशाख १८ देखि खोल्ने नेपाली पक्षसँग प्रतिबद्धता जनाएको छ ।

नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनकातर्फबाट तिब्बत स्वशासित क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले आ–आफ्नो टोलीको नेतृत्व गरेका थिए ।

बैठकमा चिनियाँ पक्षले नेपाल–चीन सीमा क्षेत्रमा बहुउपयोगी प्रयोगशाला स्थापनाको लागि सकारात्मक भएको छ । छलफलमा सीमापार व्यापार र जनताको आवत–जावतलाई सुरू गर्नेदेखि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सारमा सहयोग, सीमा क्षेत्रको विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार लगायतको विषयमा छलफल भएको थियो ।

प्रकाशित : चैत्र १६, २०७९ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?