सत्ता गठबन्धनको बैठकमा दलहरूले दाबी गरे मन्त्रालय संख्या

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनको बैठकमा राजनीतिक दलहरूले आफूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको बैठकमा गठबन्धन दलहरूले पार्टीका तर्फबाट मन्त्रालय संख्या दाबी गरेका हुन् ।

बैठकमा गठबन्धनको प्रमुख दल कांग्रेसले नौ मन्त्रालयमा दाबी गरेको छ । त्यस्तै, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले तीन/तीन मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीले दुई मन्त्रालय दाबी गरेका छन् । प्रतिनिधिसभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । सत्तारुढ गठबन्धनमा रहेका पार्टीहरूका प्रतिनिधिसभामा कांग्रेसका ८८, माओवादी केन्द्रका ३२, जसपाका ११, एकीकृत समाजवादीका १०, लोसपाका चार सांसद छन् ।

सत्तरुढ गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम पनि वितरण गरिएको एक नेताले जानकारी दिए । बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीले सबै राजनीतिक दलका मन्त्रालयमा दाबी र न्यूनतम साझा कार्यक्रममा धारणा बुझेर बुधबार बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाउने गरी मंगलबारको बैठक स्थगित भएको छ ।

प्रकाशित : चैत्र १४, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

काभ्रे महाभारतका अग्‍निपीडितलाई राहत

ज्योति श्रेष्ठ

काभ्रे — काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर २ स्थित चिसापानीटारमा फागुन २१ गते भएको आगलागीबाट पीडित स्थानीयलाई राहत वितरण गरिएको छ । आगलागी भएर चिसापानीटारका पदम बहादुर गोलेको घर पूर्ण रुपमा क्षति भएको थियो ।

आगलागीबाट घरसँगै उनका १५ वटा कुखुरा, २ वटा बाख्रा लगायत लाखौं मूल्य बराबरको क्षति भएको पदम बहादुरले जानकारी दिए ।

आगलागी भएर घर पूर्ण रुपमा क्षति भएको समयदेखि नै पदम बहादुर छिमेकीको घरमा बस्दै आएका छ्न । आर्थिक रुपमा पनि विपन्न भएकाले तरुण दल काभ्रेका नेता राम ध्वज लामाले खाद्यान्न, लत्ताकपडा लगायत आर्थिक सहयोग गरेका हुन् ।

नेता लामाले सोमबार अग्नि पीडित पदम बहादुरलाई ५ थान सिरक, ५ थान डस्ना, ५ थान सिरानी, १० बोरा चामल, ५ लिटर तेल, ५ केजी चिनी, ५ केजी दाल लगायत ५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

अग्नि पीडित पदमलाई हालसम्म गाउँपालिकाको तर्फबाट २० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

प्रकाशित : चैत्र १४, २०७९ १८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×