लोकतन्त्रमा विरोध गर्नेको मुख थुन्न मिल्दैन : शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा विरोध गर्नेको मुख थुन्न नमिल्ने र थुनामा राख्न समेत नपाइने बताएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको विरोध गर्दा प्रहरीले युवाको मुख थुनिदिएको र पक्राउ गरेर मुद्दा चलाएको प्रति आपति जनाएका छन् ।

लोकतन्त्रमा विरोध गर्नेको मुख थुन्न मिल्दैन : शर्मा

महामन्त्री शर्माले साताअघि प्रधानमन्त्रीको विरोध गर्ने युवाहरुलाई पक्राउ गरी थुनामा राखिएको भन्दै उनीहरुलाई यथाशिघ्र रिहा गर्न समेत माग गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले प्रधानमन्त्री दाहाललाई उल्लेख गर्दै भनेका छन्, 'सम्माननीय प्रधानमन्त्रीज्यू, लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन । प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो, आफूविरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न अविलम्ब पहलको माग गर्दछु ।'

प्रकाशित : चैत्र १४, २०७९ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?