नवलपरासीको सर्दीमा बम भेटियो

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । आइतबार दिउँसो बारीमा बम देखेपछि स्थानीयहरू त्रसित छन् ।

बारीमा मुला र गाजर सुकाए जस्तै गरी थुप्रै बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए ।

सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगल नजिकै बारीम ती बमका गोला देखेका हुन् ।

बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा बम फेला परेको हो । जंगलमा चौपाया चराउन गएका किसानहरूले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो ।

भारतीय सेनाका पूर्वसैनिक समेत रहेका सरामुका अनुसार ती ८१ एमएम मोटरको बम (गोला) हुन् । साथै ५२ सय मिटर रेन्जका ती बम जमिनमा विस्फोट हुँदा १ सय ८० मिटर वरपरको क्षेत्र ध्वस्त पार्ने सरामुले दाबी गरे ।

जिल्ला प्रहरीका निमित्त प्रमुख सन्तोष पाठकले भर्खरै यसबारे जानकारी पाएकाले दुम्कीवासका प्रहरी निरीक्षकको टोली पठाउने बताएका छन् । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।

प्रकाशित : चैत्र १२, २०७९ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्

ललितकलाको नयाँ नेतृत्वद्वारा ३६ बुँदे कार्ययोजना सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको नयाँ नेतृत्वले नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । प्राथमिकताका आधारमा अल्पकालीन, दीर्घकालीन तथा नीतिगत रणनीति बनाउँदै प्रतिष्ठानले ३६ बुँदे रणनीति सार्वजनिक गरेको हो ।

राष्ट्रिय ललितकला प्रदर्शनी - २०८० सहित, देशव्यापी नेपाली कला र कलाकारको सर्भेक्षण, सगरमाथा-काठमाडौं कन्टेम्पोररी आर्टसमिट, नेपाली कला र दिग्गज कलाकारको वृत्तचित्र निर्माण, हस्तकला-लोककला परम्परागत कला महोत्सनदेखि कलाकार कल्याण कोषलगायतका कार्ययोजना सार्वजनिक गरिएको हो ।

संस्थाले नेपाली कला प्रवर्द्धन, संवर्द्धन, संरक्षण तथा विकासका काम गर्ने लक्ष्य लिएको नवनियुक्त कुलपति नारदमणि हार्तम्छालीले बताएका छन् ।

प्रकाशित : चैत्र १२, २०७९ २०:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×