२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

'संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्ध'

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको बताएकी छन् ।

'संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्ध'

आइतबार संघीय संसद्‍ भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको बताएकी हुन् । शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेहरुले यसको विरोध गरिरहेको भन्दै उनले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरु सबैको साझा विषय भएको बताइन् ।

साथै यो विषय सबै नागरिक र सबै पार्टीहरुको पनि विषय भएको उनको भनाइ थियो । ‘यो विषयलाई पूर्ण रुपमा असहमति भन्ने कुरा त शान्ति प्रक्रियाको विरुद्धको कुरा भयो । हामी शान्ति प्रक्रियाको विरुद्धमा कि समर्थनमा भन्दा त हामी शान्ति प्रक्रियाको समर्थनमा छौं । त्यसकारण गर्दा पूर्ण रुपमा शान्ति प्रक्रिया मन नपराउने, शान्ति प्रक्रियालाई बेठिक छ भन्ने, शान्ति प्रक्रिया हुनु हुन्नथ्यो भन्ने शक्ति त कुनै हुन पनि सक्ला । कसैलाई लाग्न पनि सक्ला । तर आजको दिनमा संसदभित्र आउँदा हिजो सम्झौतामा बस्ने सबै राजनीतिक दलको साझा विषय हो । त्यो मात्रै होइन कि हिजो सम्झौता गर्नेहरुको सबैको साझा विषय त हुँदै हो । सँगसँगै शान्ति प्रक्रिया हामी सबै नागरिकको भएको हुनाले सबै नागरिक र सबै पार्टीको साझा विषय हो,’ मन्त्री शर्माले भनेकी थिइन् ।

यस्तै विधेयकको सम्बन्धमा राजनीतिक दलहरुबीच सहमति जुटाउने अधिकतम कोसिस भइरहेको पनि उनले बताइन् ।

प्रकाशित : चैत्र १२, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?