धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक, ८ मन्त्रालयमा दाबी रहेको ब्रिफिङ

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठकमा छलफल भएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराही शनिबार साँझ बसेको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले मन्त्रालयको भागबन्डामा कांग्रेसले पाउने मन्त्रालयको संख्या टुंगो लागि नसकेको जानकारी गराएका थिए ।

धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक, ८ मन्त्रालयमा दाबी रहेको ब्रिफिङ

बैठकमा खड्काले पार्टीबाट ८ मन्त्रालयको दाबी रहे पनि गठबन्धनभित्र ७ मात्रै दिन सकिने कुरा आएको बिफ्रिङ गरेको कांग्रेस एक पदाधिकारीले बताए । प्रधानमन्त्री दाहालले सरकारमा १० राजनीतिक दललाई संलग्न गराउन खोजेका छन् । गठबन्धनमा ८७ सिटसहित कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ ।

बैठकमा कांग्रेसको प्रतिनिधिसभाका प्रमुख सचेत रमेश लेखकले संसदीय गतिविधिको बारेमा जानकारी गराएका थिए ।

शनिबारको बैठकमा वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा पनि छलफल भएको थियो । उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले सोमबार संसदीय बोर्ड र कार्यसम्पादन समितिको संयुक्त बैठक बोलाउने तयारी भएको एक नेताले बताए ।

'पर्सि उपचुनावका लागि उम्मेदवार टुंगो लगाउने र सिट बाँडफाँट गरेर चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे छलफल भएको छ,' पार्टी प्रवक्ता प्रकाशशरण महतले भने, 'संसदमा पेस भएको सत्य निरुपण विधेयक अगाडि बढाएर टुंगोमा पुर्‍याउने विषयमा छलफल भएको छ ।'

वैशाख १० मा प्रतिनिधसभाका बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित : चैत्र ११, २०७९ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?