२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

मन्त्रीहरूले शुक्रबार नै राजीनामा दिँदै
प्रतिक्षा काफ्ले

काठमाडौँ — नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

यससँगै मुख्यमन्त्री खगराज अधिकारीले राजीनामा बुझाउने भएका छन् । गण्डकीमा अब बन्ने सरकारको नेतृत्व कांग्रेस दाबी गरिरहेको छ। नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेता गोरखाबाट निर्वाचित सुरेन्द्र पाण्डे छन् ।

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेता हरिबहादुर चुमान छन् । यसअघि वाग्मती प्रदेश सरकारबाट पनि एमाले बाहिरिएको छ ।

प्रकाशित : चैत्र १०, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?