कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च शिक्षामा सबैभन्दा बढी झुकाव व्यवस्थापनमा

मानविकीमा महिला र पुरुष बराबर
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका उच्च शिक्षा अध्ययनमा अधिकांशको झुकाव व्यवस्थापन क्षेत्रतर्फ देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजाअनुसार सबैभन्दा धेरै व्यक्तिहरु अर्थात ३५.१ प्रतिशतले व्यवस्थापन क्षेत्रको अध्ययन गरेको देखिएको छ ।

उच्च शिक्षामा सबैभन्दा बढी झुकाव व्यवस्थापनमा

शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिहरु २९.९ प्रतिशत सहित दोस्रो स्थानमा रहेका छन् भने मानविकी तथा सामाजिक शास्त्र अध्ययन गरेका व्यक्तिहरु ११.५ प्रतिशत सहित तेस्रो स्थानमा रहेका छन् ।

विज्ञान, स्वास्थ्य/चिकित्साशास्त्र, इन्जिनियरिङ, कम्प्युटर/सूचना प्रविधि, कानुन, कृषि, वन र पशुविज्ञान/पशुचिकित्सा/मत्स्यपालन विषय अध्ययन गर्ने व्यक्तिहरु क्रमशः ७.१ प्रतिशत, ४.४ प्रतिशत, ३.० प्रतिशत, १.२ प्रतिशत, ०.८ प्रतिशत, ०.७ प्रतिशत, ०.३ र ०.२ प्रतिशत रहेको रहेको छ ।

१९.५ प्रतिशत जनसंख्या कम्तीमा १२ पास

लैङ्गिक आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै पुरुषहरु (३६.९%) ले व्यवस्थापन विषय/क्षेत्र अध्ययन गरेको देखिएको छ भने धेरै महिलाहरु (३६.१%) ले शिक्षाशास्त्र अध्ययन गरेका छन् । मानविकी तथा सामाजिकशास्त्र (११.६%) अध्ययन गर्ने महिला र पुरुषहरु बराबर रहेका छन् ।

प्रकाशित : चैत्र १०, २०७९ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्