

काठमाडौँ — नेपालका तीन प्रतिशत बालबालिका बाबुआमा दुवैबाट अलग भएर बस्न बाध्य रहेको तथ्यांकले देखाएको छ । बाह्रौं राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार अठार वर्षभन्दा कम उमेरका बालबालिकाको संख्या ९८ लाख ६९ हजार ५ सय ८३ छ । तीमध्ये तीन प्रतिशत बालबालिका बाबुआमा दुवैबाट टाढा छन् ।


७७.९ प्रतिशत बालबालिका बाबुआमा दुवैसँग बसिरहेका छन् । आमासँग मात्रै बस्ने बालबालिकाको संख्या १७.१ प्रतिशत छ भने बाबुसँग मात्रै बस्ने बालबालिकाको संख्या १ प्रतिशत छ ।
बाबुआमाभन्दा अलग रहेका बालबालिका भने कोही आफन्त वा नातेदारसँग बसिरहेका छन् भने कोही जोखिमयुक्त श्रम र घरायसी काममा लगाइएका छन् ।