१९.५ प्रतिशत जनसंख्या कम्तीमा १२ पास 

काठमाडौँ — नेपालको कुल जनसंख्याको १९.५ प्रतिशत व्यक्ति कम्तीमा १२ कक्षा उत्तीर्ण रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजाअनुसार १९.५ प्रतिशत जनसंख्या कम्तीमा एसईईभन्दा माथिल्लो तह उत्तीर्ण रहेको देखिएको हो ।

१९.५ प्रतिशत जनसंख्या कम्तीमा १२ पास 

कक्षा १२ भन्दा माथिल्लो तहको शिक्षालाई एकै वर्गमा राखिएको छ । त्यस्तै कुल साक्षर जनसंख्याको सबैभन्दा बढी अर्थात २८.७ प्रतिशत व्यक्तिहरुले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् ।

दोस्रोमा निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म) उत्तीर्ण गरेका व्यक्तिहरु १९.९ प्रतिशत रहेका छन् । एसईई वा सो सरह मात्र उत्तिर्ण गर्ने व्यक्तिहरु कुल साक्षर जनसंख्याको ९.५ प्रतिशत मात्र छन् भने अनौपचारिक शिक्षा हासिल गर्ने व्यक्तिहरु १.८ प्रतिशत रहेका छन् ।

देशका ५ वर्ष वा सोभन्दा बढी उमेरका कुल जनससंख्यामा साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत छ भने महिलाको साक्षरता दर ६९.४ प्रतिशत रहेको छ । अघिल्लो अर्थात् २०६८ को जनगणनामा कुल साक्षरता दर ६५.९ प्रतिशत, पुरुषको साक्षरता दर ७५.१ प्रतिशत र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।


प्रकाशित : चैत्र १०, २०७९ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?