३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सबैभन्दा कम जनसंख्या मनाङमा, बढी काठमाडौंमा

मनाङमा ५ हजार ६ सय ५८ को बसोबास रहेको छ भने काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५ सय ८७ रहेको छ ।

काठमाडौँ — जनगणना–२०७८ को अन्तिम नतिजा सार्वजनिक भएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका बीच अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । 

सबैभन्दा कम जनसंख्या मनाङमा, बढी काठमाडौंमा

नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको छ । काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५ सय ८७ रहेको छ । त्यस्तै सबैभन्दा कम भने मनाङ जिल्लाको जनसंख्या रहेको छ । मनाङ जिल्लामा ५,६५८ जनाको अक्सर बसोबास रहेको जनगणनामा उल्ल्खे छ ।

मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन् ।

प्रकाशित : चैत्र १०, २०७९ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?