१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सत्ता गठबन्धनको बैठक सकियो

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र माओवादी केन्द्रसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका विषयबारे प्रारम्भिक छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

सत्ता गठबन्धनको बैठक सकियो

'मन्त्रालयको बाँडफाँटबारे प्रारम्भिक छलफल भयो । यसबारे हामी केही दिनभित्र टुंगोमा पुग्छौं,' नेता लेखकले बताए । प्रधानमन्त्री दाहालले ६ चैतमा विश्वासको मत लिए पनि अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । यद्यपि उनले चैत १० गतेसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने तयारी गरिरहेको बताएका छन् ।

गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा छलफल भए पनि टुंगो लागिसकेको छैन । बुधबार बालुवाटारमा बसेको उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित नेताहरु सहभागी थिए ।

तत्कालीन गठबन्धनका एमाले, रास्वपा र राप्रपाले सरकार छोडेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री दाहालको काँधमा छन् ।

प्रकाशित : चैत्र ८, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?