कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बारा-२ मा जसपाको हक लाग्छ : प्रवक्ता सुमन

काठमाडौँ — बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालले दाबी गरेको छ । पार्टीले बारा-२ मा यसअघि आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले उक्त निर्वाचन क्षेत्रमा जसपाको दाबी रहने बताएको हो ।

बारा-२ मा जसपाको हक लाग्छ : प्रवक्ता सुमन

बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले बारा-२ सत्ता गठबन्धनबाट जसपाले पाउनुपर्ने दाबी गरेका हुन् । उनले बारा-२ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने र त्यसमा आफ्नो पार्टीको हक लाग्ने बताए । 'बारा-२ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीको हुने भन्ने अपेक्षा छ । त्यसमा हाम्रो हक लाग्छ र हाम्रै तर्फबाट हुन्छ,’ उनले भने । जसपाले बारा-२ को उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गरिनसकेको उनको भनाइ छ ।

बैठकले उपनिर्वाचनका लागि आयोगले निर्धारित गरेको समयभित्र नै निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको पनि बताए । उनले भने, ‘उपनिर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० गते तोकेको छ । तनहुँ, चितवन र बारा निर्वाचन गराउने भनेको छ । त्यसका लागि आयोगले निर्धारण गरेको समयभित्र नै जनता समाजवादी पार्टीले दर्ता गराउने निर्णय गरेका छौँ ।'

बैठकले चैत २७, २८ र २९ गते तीन दिन काठमाडौंमा हुने विधान अधिवेशनलाई व्यवस्थित बनाउन रकम चेम्जोङ, विजय यादव र मनिष सुमन रहेको तीन जनाको कार्यदल बनाउने निर्णय गरेको छ ।

प्रकाशित : चैत्र ८, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?