सरकारमा सहभागिताबारे निर्णय गर्न नेकपा एसले बनायो कार्यदल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको सरकारमा सहभागितासहितको विषयमा गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको  छ । मंगलबार केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो । 

'सरकार र प्रदेश सरकार, केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरूका बारेमा छलफल गर्ने छ,' पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, 'एउटा मात्रै नभएर धेरै दलसँग छलफल गर्नु भएकाले हाम्रो कुन कुन मन्त्रालयमा दाबी रहने छ भन्ने विषयमा पनि कार्यदलले गर्ने छ । नीति तथा कार्यदल दाबी गरेको छ ।'

संसद्‌बाट दोस्रो पटक विश्वासको मत लिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको गृहकार्य थालेका छन् । सांसद सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट गर्ने प्रारम्भिक प्रस्ताव उनले शीर्ष नेतामाझ राखिसकेका छन् ।

मन्त्रिपरिषद् विस्तारबारे गठबन्धन दलका शीर्ष नेताबीच अनौपचारिक छलफल भइसकेको छ । प्रधानमन्त्री दाहालले कांग्रेसले ७/८, माओवादीले ४/५, राष्ट्रिय स्वतन्त्र पार्टीले ३/४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २–२, नागरिक उन्मुक्ति, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले १–१ र स्वतन्त्र रूपमा जितेका सांसद प्रभु साह (आम जनता पार्टी) र अमरेशकुमार सिंहमध्ये एक जनाले मन्त्री पाउने प्रारम्भिक अघि सारेका छन् । माओवादीका एक नेताका अनुसार यस प्रस्तावमा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेकका साना दलले चित्त बुझाएका छैनन् ।

प्रकाशित : चैत्र ७, २०७९ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्

आगलागीबाट जलेर घाइते भएका ४ जनालाई भारत लगियो

विप्लव महर्जन

सल्यान — जिल्लाको कुमाख गाउँपालिका ४ भण्डारखोलास्थित शंकर रानाको तीन कोठाको टिनले छाएको एकतले घरमा रहेको किराना पसलमा लागेको आगलागीबाट सख्त घाइते भएका ४ जनालाई मेडिकल कलेज कोहलपुर बाँकेबाट थप उपचारका लागि लख्नऊ लगिएको छ । 

घाइते भएका १८ वर्षीय क्षेत्रमणि रानाबाहेक घरधनी २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई मेडिकल कलेज कोहलपुरले रेफर गरेपछि थप उपचारका लागि लख्नऊ लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । रेफर गरिएकाको अवस्था जटिल रहेको उनले जानकारी गराए । उनका अनुसार क्षेत्रमणि रानाको अवस्था सामान्य रहेको छ । अस्पतालले उनलाई घर फर्काएको छ ।

गएराति साढे ८ बजे पसलमा बसिरहेका बेला एक्कासी आगलागी हुँदा जलेर कुमाख गाउँपालिका ४ भण्डारखोलाका उनीहरू घाइते भएका थिए । घाइते सबैलाई मिसन अस्पताल चौरजहारीमा सामान्य उपचारपछि आफन्तले थप उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेका थिए ।

प्रकाशित : चैत्र ७, २०७९ १३:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×