सभामुख घिमिरेले फिर्ता लिए पत्रकारबारेको विवादास्पद अभिव्यक्ति

काठमाडौँ — नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको विवादास्पष्ट अभिव्यक्ति फिर्ता लिएको जनाएको छ । सोमबार अपराह्न नेपाल पत्रकार महासंघका पदाधिकारीहरूलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको सो अभिव्यक्ति फिर्ता लिएका हुन् ।

सभामुख घिमिरेले फिर्ता लिए पत्रकारबारेको विवादास्पद अभिव्यक्ति

गत चैत ३ गते नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि सभामुख घिमिरे विवादमा परेका थिए ।

पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याएको नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष विष्टले भने, ‘सम्माननीय सभामुखज्यूले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आफू पूर्ण प्रतिवद्ध रहेको बताउनु भएको छ । यो भन्दा अगाडि एउटा दुर्घटनावश गरिएको टिप्पणीलाई संसद् सचिवालय अथवा सम्माननीय सभामुखको तर्फबाट सच्याउनु भएको छ । र, नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जुन संविधानमा प्रत्याभूत भएको छ । त्योप्रति संसद् र आफू पूर्ण रूपमा प्रतिबद्ध भएको जानकारी गराउनु भएको छ । सम्माननीय सभामुखज्यू र नेपाल पत्रकार महासंघको बीचमा यही छलफल भयो । र, यो विषयलाई यही टुंग्याउने निर्णय पनि गरेका छौं ।’

सभामुख घिमिरेले नेपाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सिंगो संघीय संसद् र आफू प्रतिबद्ध रहेको पनि बताएका थिए ।

प्रकाशित : चैत्र ६, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?