१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ककपिटको झ्याल बन्द नगर्ने नेपाल एयरलाइन्सका दुई प्राविधिक 'ग्राउन्डेड' 

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी विमानको ककपिटमा रहेको झ्याल बन्द गर्न बिर्सेका दुई प्राविधिकलाई ग्राउन्डेड गरिएको छ । 

ककपिटको झ्याल बन्द नगर्ने नेपाल एयरलाइन्सका दुई प्राविधिक 'ग्राउन्डेड' 

नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, गत शनिबार बेलुकी ८ बजे दिल्लीबाट फर्केको निगमको नाइनएन–अल्फा लिमा यांकी (नेपाली नाम अन्नपूर्ण) विमानको दायाँतर्फ ककपिट झ्याल विमानस्थलको एप्रोनमा रातभर खुल्लै रहेको घटनामा ग्राउन्डेड गरिएको हो । प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले सोमबार उनीहरुलाई ग्राउन्डेड गरिएको जानकारी निगमलाई पठाएको छ ।

‘निगमलाई यो घटना किन कसको लापर्वाहीले भएको हो ७ दिनभित्र अनुसन्धान गरी प्रतिवेदन बुझाउन भनिएको छ,’ प्राधिकरणका एक अधिकारीले भने,‘निगमको प्रतिवेदनपछि मात्रै ग्राउन्डेड गरिएका प्राविधिकलाई थप अनुसन्धान गरेर ग्राउन्डेड फुकवा गरिने छ ।’

निगममका ती दुई प्राविधिकले उडानबाट फर्केको जहाज एप्रोनमा पार्किङमा राखिएका बेला जाचँ गर्नुपर्ने जिम्मेवारी थियो । तर, उनीहरूले झ्याल नै बन्द नगरी हिँडेको आइतबार बिहान ६ बजे उज्यालो भएपछि देखिएको थियो ।

प्रकाशित : चैत्र ६, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?