'यो प्रधानमन्त्रीले दिएको वचन पनि विश्‍वास गर्न नसकिने देश हो'

काठमाडौँ — एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको बोली र वचन विश्वासिलो नभएको बताएका छन् । उनले प्रधानमन्त्री दाहालले के कारणले पुस १० गते बालुवाटारबाट निस्किएर बालकोट पुगेर सहमति गरेको र अहिले त्यो सहमति किन तोडेको भन्ने विषयमा जवाफ दिनुपर्ने समेत बताएका छन् ।

'यो प्रधानमन्त्रीले दिएको वचन पनि विश्‍वास गर्न नसकिने देश हो'

निवर्तमान अर्थमन्त्रीसमेत रहेका पौडेलले देशको प्रधामन्त्रीको वचन नै विश्वास गर्न नसकिने अवस्था रहेको बताउँदै संसद्‍ त्यही कारणले महिना दुई महिनामा विश्वासको मत मात्रै माग्ने चक्करमा पर्ने अवस्था देखिएको बताए । उनले प्रधानमन्त्री दाहाललाई पुष २६ गते विश्वासको मत प्राप्त गरेपछि आज पुन: विश्वासको मत लिनुपर्ने अवस्थाको कारक को हो भनेर प्रश्न समेत गरे ।

'यो प्रधानमन्त्रीले दिएको वचन पनि विश्‍वास गर्न नसकिने देश हो । वचनको विश्वास गर्न नसिकने प्रधानमन्त्री भएपछि यो विश्वासको मत फेरि कति दिन पछि फेरि लिने हो । त्यो मिति पनि अहिले नै प्रधानमन्त्री दाहालले भनिदिए हुन्छ,' उनले भने, 'आफ्नो वचनमा अडिन नसक्ने प्रधानमन्त्रीलाई कसैले पनि विश्वासको मत दिनु हुँदैन ।'

प्रकाशित : चैत्र ६, २०७९ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?