कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपाले समर्थन फिर्ता लिए, त्यसको जवाफ दिनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपा सरकारबाट बाहिरिएको र समर्थन फिर्ता लिएको बताएका छन् । सोमबार संसद्‌मा विश्वासको मत सम्बन्धी प्रस्ताव राख्दै प्रधानमन्त्री दाहालले एमाले र राप्रपाले त्यस विषयमा जवाफ दिनुपर्ने बताएका हुन् ।

राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपाले समर्थन फिर्ता लिए, त्यसको जवाफ दिनुपर्छ : प्रधानमन्त्री दाहाल

'राष्ट्रिय सहमतिमा राष्ट्रपति चयनका लागिका मेरो प्रस्ताव पछि अचानक राप्रपा र एमालेमा मन्त्रीहरुले राजीनामा दिनुभयो र सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिनुभयो,' दाहालले भने, 'सरकार गठनको २ महिना नपुग्दै विश्वासको मत फिर्ता लिने निर्णयको प्रतिरक्षा निर्णय गर्ने दल र माननीयहरुले नै गर्नुहोला । यो कति राजनीतिक भयो त्यसको जवाफ पनि उहाँहरुले दिनुहोला । जनताको पनि आफ्नो मूल्यांकन गर्नुहोला । तर साथीहरुले अहिलेसम्म पनि प्रधानमन्त्रीको यो गलत कामको कारणले गर्दा विश्वासको मत फिर्ता लिनुपर्‍यो भनेर भन्नुभएको छैन । '

प्रधानमन्त्री दाहालले सरकार बाहिर रहेका दलहरुलाई समेत जोडेर राष्ट्रिय सहमतिको प्रयास गरेको दाबी गरे । 'राष्ट्रसामु राजनीतिक स्थायित्व जनाएका दुई दल नै अस्थिरतातर्फ अग्रसर हुनु चिन्ताको विषय हो,' दाहालले भने ।

प्रकाशित : चैत्र ६, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?