सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी, पब्लिक युथमा नेविसंघ र महाराजगन्ज नर्सिङमा अनेरास्वियु निर्वाचित

काठमाडौँ — भक्तपुरस्थित सानोठिमी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी रेशम श्रेष्ठ विजयी भएका छन् । क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा नेविसंघका नवीन पाण्डे सभापतिमा विजयी भएका छन् । यस्तै, महाराजगन्ज नर्सिङ क्याम्पसको सभापतिमा नोबिना बस्नेत अनेरास्ववियुबाट अध्यक्षमा निर्वाचित भएकी छन् ।

सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारी, पब्लिक युथमा नेविसंघ र महाराजगन्ज नर्सिङमा अनेरास्वियु निर्वाचित

काठमाडौं उपत्यकामा हालसम्म ताहचल क्याम्पस र महाराजगन्ज मेडिकल कलेजमा नेकपा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा महेन्द्ररत्न क्याम्पस ताहचलमा ईश्वरकुमार थापा र महाराजगन्ज मेडिकल कलेजबाट आनन्दकुमार सिंह निर्वाचित भएका हुन् ।

त्यस्तै शंकरदेव क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका सुशान्त बस्नेत र पद्मकन्या क्याम्पसमा पनि नेविसंघकी ज्योति पनेरु र नेपाल ल क्याम्पसमा अखिल क्रन्तिकारीका विष्णु ढुंगेल स्ववियु सभापतिमा विजयी भएका छन् ।

यसैगरी इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत थापाथली क्याम्पसमा नेविसंघका पुष्करविक्रम शाही स्ववियु सभापतिमा निर्वाचित भएका छन् भने सचिवमा अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : चैत्र ६, २०७९ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?