लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने- समाचार - कान्तिपुर समाचार

लोसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

रासस

काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

लोसपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ । 'पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ', नेता महतोले भने ।

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो । लोसपाकोतर्फबाट प्रतिनिधिसभामा चार सांसद छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपतिलाई आयोगले बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले गत चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार एक समारोहबीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई उक्त प्रतिवेदन बुझाएका हुन् ।

यस क्रममा राष्ट्रपतिले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताएका थिए ।

साथै उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रमुख आयुक्त थपलियाले यस वर्ष आयोगका लागि निर्वाचन वर्ष भएको भन्दै उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी गराएका थिए । कार्यक्रममा प्रमुख आयुक्त थपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीको सहभागिता थियो ।

प्रकाशित : चैत्र ५, २०७९ १६:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×