सबै सांसदबाट विश्वासको मत पाउने आशा छ : दाहाल- समाचार - कान्तिपुर समाचार

सबै सांसदबाट विश्वासको मत पाउने आशा छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबारको प्रतिनिधिसभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् । 

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा आइतबार सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबार (भोलि) दिउँसो १ बजे सबै सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।

पहिले ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उनले सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्री दाहालले सोमबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । उनलाई हालसम्म कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्

सेयर बजार १९२६ अंकमा झर्‍यो

तीन कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो 
कान्तिपुर संवाददाता

काठमाडौँ — साताको पहिलो दिन आइबार पनि सेयर बजार ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक ६.९ अंक घटेर १९२६ मा कायम भएको छ । दिनभर कुल १ अर्ब ६ करोड रुपैयाँको कारोबार भयो । ७४ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो भने १२ को स्थिर रहृयो ।

बैंकिङ ६.७, विकास बैंक १५.८२, जीवन बीमा ६१, उत्पादन ४९, माइक्रोफाइनान्स ३७ र अन्य उपसमूह ५ अंक घटे । ब्यापार र निर्जीवन बीमा २–२, होटल २६ र जलविद्युत् उपसमूह ६ अंक बढे । तीन कम्पनीको मूल्य भने १० प्रतिशत बढेको छ । मानुसी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम् पावरको मूल्य १० प्रतिशत बढ्यो । ग्रीन भेन्चरको मूल्य ७ प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नबिल बैंक क्रमशः अगाडि रहे ।


प्रकाशित : चैत्र ५, २०७९ १६:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×