'कोशी' नामकरणविरुद्धको प्रदर्शनमा झडप, नियन्त्रणमा लिन सशस्त्रको हवाई फायर- समाचार - कान्तिपुर समाचार

'कोशी' नामकरणविरुद्धको प्रदर्शनमा झडप, नियन्त्रणमा लिन सशस्त्रको हवाई फायर

विराटनगर तनावग्रस्त
देवनारायण साह

माेरङ — प्रदेशसभाबाट काेशी प्रदेश नामकरण गरेकाे विराेधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ । साथै सुरक्षाकर्मीहरूले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेका छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आदिवासी जनजाति समुदायले प्रदर्शन गर्दै आएका छन् । आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र ताेडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यासका साथै हवाई फायर गरेका हुन् । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ ।


प्रकाशित : चैत्र ५, २०७९ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्

प्युजो र सिट्रोन गाडी किन्नेलाई एभरेस्ट बैंकले कर्जा दिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्युजो र सिट्रोन गाडीको आधिकारिक विक्रेता सांग्रिला मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरुमा एभरेस्ट बैंकले सहजै कर्जा दिने भएको छ । बैंक र सांग्रिलाबीच यस सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रिलाका तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब प्युजो र सिट्रोनका गाडी खरिद गर्ने ग्राहकले एभरेस्ट बैंकका जुनसुकै शाखाबाट छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा पाउने छन् । राष्ट्र बैंकको निर्देशिका र निर्देशनभित्रै रहेर बैंकका १२४ शाखाबाट कर्जा प्रदान हुने सांग्रिलाले जनाएको छ ।


प्रकाशित : चैत्र ५, २०७९ १४:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×