कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

प्रधानमन्त्री उपस्थित हुँदाहुँदै मन्त्रीलाई विधेयक पेस गर्न लगाएकोमा एमालेको आपत्ति

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा उपस्थित रहँदा रहँदै मन्त्रीलाई विधेयक पेस गर्न लगाएको भन्दै आपत्ति जनाएको छ । एमाले सांसदहरु योगेश भट्टराई र रघुजी पन्तले प्रधानमन्त्रीले संसद्लाई महत्त्व नदिएको भन्दै विरोध गरेका हुन् ।

प्रधानमन्त्री उपस्थित हुँदाहुँदै मन्त्रीलाई विधेयक पेस गर्न लगाएकोमा एमालेको आपत्ति

सभामुख देवराज घिमिरेले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी (पहिलो संशोधन) विधेयक पेस गर्नका लागि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचाप्रविधिमन्त्री रेखा शर्मालाई समय दिएका थिए । तर‚ प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयं उपस्थित थिए ।

प्रधानमन्त्रीले नै पेस गर्नुपर्ने प्रकृतिको विधेयक प्रधानमन्त्री नै बैठकमा उपस्थित भएको बेलामा अर्को मन्त्रीलाई ट्रान्सफर गर्न नमिल्ने भन्दै एमाले सांसद भट्टराईले आपत्ति जनाए । भट्टराईले बैठकमा उठेर आपत्ति जनाइसकेपछि फेरि अर्का एमाले सांसद पन्तले पनि हात उठाएर समय मागेका थिए । बस्नका लागि पटक-पटक आग्रह गर्दा पनि पन्तले नमानेपछि सभामुख घिमिरेले पन्तलाई २ मिनेट बोल्नका लागि समय दिएका थिए ।

'प्रधानमन्त्री स्वयं संसद्‌मा रहँदारहँदै अर्को व्यक्तिलाई पेस गर्न दिनु संसद्प्रतिकै अवहेलना हो‚' सांसद पन्तले भने, 'प्रधानमन्त्रीले संसद्को शून्य समयमा सांसदहरुले उठाएको कुराको प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ । प्रधानमन्त्रीलाई जवाफ दिनका लागि संसद्‍बाट रुलिङ होस् ।'

प्रकाशित : चैत्र ५, २०७९ १४:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?