कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सांसदको प्रश्न- सभामुखले अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामा परेको आघातबारे सोचिएको छ कि छैन ?

काठमाडौँ — पत्रकारहरूका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सभामुख देवराज घिमिरेलाई कांग्रेसका सांसद रामहरि खतिवडाले प्रश्न गरेका छन् । सभामुख घिमिरेले पत्रकारहरूमाथि लगाएको आरोपबारे प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खतिवडाले प्रश्न उठाएका हुन् । 

सांसदको प्रश्न- सभामुखले अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामा परेको आघातबारे सोचिएको छ कि छैन ?

प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद खतिवडाले सभामुख नै आफ्ना अभिव्यक्तिका कारण चर्चामा रहेको र त्यो अभिव्यक्तिले प्रेस स्वतन्त्रतामा कस्तो प्रभाव पर्छ भन्ने विषयमा सोच्नुपर्ने बताए । उनले भने, 'सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ । व्यवस्थापिका प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस् ।'

सभामुख घिमिरेले नेपाल पत्रकार महासंघका पदाधिकारीसामू आफ्नै कार्यकक्षमा शुक्रबार पत्रकारहरूका विषयमा दिएको अभिव्यक्ति विवादित भएको थियो । उक्त अभिव्यक्तिको नेपाल पत्रकार महासंघ, संसदीय मामिला पत्रकार समाज, नेपाललगायतले विरोध गरेका थिए । सभामुखको उक्त विवादित अभिव्यक्तिमाथि संसद्‌मा नै प्रश्न उठेको हो ।

प्रकाशित : चैत्र ५, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?