२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रधानमन्त्री दाहालद्वारा नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत उपराष्ट्रपति यादवलाई बधाई तथा शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री दाहालद्वारा नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई

'नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा सम्माननीय रामसहायप्रसाद यादवलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,' प्रधानमन्त्री दाहालले भनेका छन् ।

मुलुकको तेस्रो उपराष्ट्रपतिका लागि आज भएको मतदानमा उनी आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवलाई जनता समाजवादी पार्टी (जसपा) नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत सत्तागठबन्धन दलहरूको साथ थियो ।

प्रकाशित : चैत्र ३, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?