१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३
उपराष्ट्रपति निर्वाचन

उपचाररत सांसद एम्बुलेन्सबाटै पुगे मतदानस्थल

काठमाडौँ — वीर अस्पतालमा उपचाररत मधेस प्रदेशका सामाजिक विकास राज्यमन्त्री मोहम्मद अब्दुल कलाम आजाद उपराष्ट्रपति निर्वाचनको मतदानका लागि एम्बुलेन्समै मतदानस्थल पुगेका छन् ।

उपचाररत सांसद एम्बुलेन्सबाटै पुगे मतदानस्थल

खुट्टामा चोट लागेर ट्रमा सेन्टरमा उपचाररत रहेका आजादलाई एम्बुलेन्सबाटै नयाँ बानेश्वरस्थित उपराष्ट्रपति निर्वाचनको मतदान गर्न लगिएको हो । जसपाका सांसद आजादको बिहीबार ट्रमा सेन्टरमा खुट्टाको अपरेसन गरिएको थियो ।

नयाँ उपराष्ट्रपति चयनका लागि शुक्रबार दिउँसो नयाँ बानेश्वरमा मतदान भइरहेको छ । उपराष्ट्रपति निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा प्रतिस्पर्धामा छन् । तीन उम्मेदवारमध्ये कांग्रेस, माओवादीसहित पाँच दलको समर्थनमा उम्मेदवारी दिएका जसपाका यादवका लागि मतभार सबैभन्दा धेरै देखिएको छ ।

प्रकाशित : चैत्र ३, २०७९ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?