संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिन्छु : यादव

काठमाडौँ — उपराष्ट्रपति पदका जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भए संविधानको रक्षा र  राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताएका छन् । 

संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिन्छु : यादव

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानको पालना गर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताएका हुन् । उनले नेपाललाई समतामूलक समृद्ध मुलुकका रूपमा विकसित गर्न आफ्नो भूमिका रहने बताए ।

‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरुले मत दिएर मलाई जिताउनु हुनेछ । संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्नेकुरामा मेरो प्राथमिकता हुनेछ । नेपाललाई समतामूलक समृद्ध मुलुकको रुपमा विकसित गर्न मेरो भुमिका रहनेछ । म इमान्दारितापूर्वक जनताको पक्षमा काम गर्नेछु,’ उनले भने ।

उपराष्ट्रपति पदका उम्मेदवार यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गरे । १० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छन् । त्यस्तै एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि उम्मेदवार छन् ।

प्रकाशित : चैत्र ३, २०७९ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?