१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

उपराष्ट्रपति भएर सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्न सकिन्छ : शाक्य

काठमाडौँ — उपराष्ट्रपति पदका एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताएकी छिन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचनस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले उपराष्ट्रपति पदमा बसेर राजनीतिक हिसाबबाट काम गर्न नसके पनि सामाजिक रूपान्तरणलगायतका क्षेत्रमा काम गर्न  सकिनेसमेत बताइन् । 

उपराष्ट्रपति भएर सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्न सकिन्छ : शाक्य

उपराष्ट्रपतिमा उम्मेदवार बन्नु आफ्नो चाहनाभन्दा पनि समयको आवश्यकता भएको शाक्यले बताइन् । ‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यक्ताको विषय हो ।पार्टीले पनि त्यो आवश्यक्ता महसुस गर्‍यो, स्थितिले पनि महशुस गरायो । यो अधिकार सम्पन्न पद होइन तर यो गरिमामय पद हो । त्यहाँ बसेर राजनीतिक हिसाबले अधिकार नभएपनि सामाजिक रुपान्तरणलगायतका क्षेत्रमा काम गर्न सकिन्छ । म जित्नेमा ढुक्क छु,’ उनले भनिन् ।

प्रकाशित : चैत्र ३, २०७९ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?