३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

उपराष्ट्रपति निर्वाचन : १२ बजेसम्म प्रदेशतर्फ ३८३ र संघतर्फ २१२ मत खस्यो

काठमाडौँ — मुलुकको तेस्रो उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार साढे ११ बजेसम्म प्रदेशतर्फ ३८३ र संघतर्फ २१२ मत खसेको छ । 

उपराष्ट्रपति निर्वाचन : १२ बजेसम्म प्रदेशतर्फ ३८३ र संघतर्फ २१२ मत खस्यो

अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टी नेपालबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाटै प्रमिला कुमारी र जनमत पार्टीबाट ममता झाको उम्मेदवारी परेको थियो ।

रामसहाय यादव गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका छन् भने प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेकी छिन् । गठबन्धनमै रहे पनि जनमत पार्टीले मित्रवत् प्रतिस्पर्धा गर्ने बताएको छ ।

प्रकाशित : चैत्र ३, २०७९ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?