सभामुख घिमिरे स्वदेश फिर्ता- समाचार - कान्तिपुर समाचार

सभामुख घिमिरे स्वदेश फिर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद्, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका संघको १४६औँ महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किएका छन् । 

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मिडिया कक्षमा पत्रकारसँग कुरा गर्दै उनले भने, 'महासभाको उद्घाटनको अर्को दिन मैले नेपालका तर्फबाट सम्बोधन गर्ने क्रममा हाम्रो देशको संसद्को भूमिका, संघीय संसद्को दोस्रो निर्वाचनपछि गर्ने काम र संविधानलगायतका बारेमा आफ्ना कुरा राखेँ ।'

फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मानामामा आयोजना भएको उक्त महासभामा सहभागी हुन सभामुख घिमिरे नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फागुन २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सभामुख घिमिरेले ‘प्रमोटिङ, पिसफूल को–एग्जिस्टेन्स एण्ड इनक्लुसिभ सोसाइटिज : फाइटिङ इनटलरेन्स’ विषयमा जनरल डिबेटमा संघीय संसद्का तर्फबाट आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए । महासभा अवधिभर प्रतिनिधिमण्डलले विभिन्न बैठकमा भाग लिएको थियो ।

महासभामा सभामुख घिमिरेले अस्ट्रेलिया र अजरबैजानका सभामुखसँग शिष्टाचार भेट गरेका थिए । उनले बहराइनमा रहेका नेपाली कामदारसँग पनि भेटघाट गरेका थिए ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद रमेश लेखक, हितराज पाण्डे, सन्तोष परियार, राष्ट्रियसभाका सांसद इन्दु कडरिया, संघीय संसद्का महासचिव भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई र संघीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे थिए ।

महासभाको १४७औँ सभा अफ्रिकाको अंगोलाको लुवाण्डामा सम्पन्न गर्ने निर्णय भएको छ ।

प्रकाशित : चैत्र २, २०७९ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्

पाथीभरा क्याम्पसमा तालाबन्दी

कान्तिपुर संवाददाता

ताप्लेजुङ — स्ववियु निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसमा तालाबन्दी भएको छ ।

एमाले निकट अनेरास्ववियु र जसपा निकट समाजवादी विद्यार्थी युनियनले तालाबन्दी गरेका हुन । उनीहरुले चुनावको संघारमा निर्वाचन अधिकृत फेरेको र क्युआर कोर्डमा विर्द्यार्थीको मात्रै नाम भएकाले धाँधली हुने आशंका गरेका छन् ।

यसलाई सच्च्याए पछि मात्रै निर्वाचन हुनसक्ने बताएका छन् । क्याम्पस प्रशासनले शुक्रबार बिहान ८ बजे माउ पार्टी सहितको बैठक बोलाएको छ । बैठकको निर्णय अनुसार गर्ने क्याम्पस प्रमुख मोहन राइले प्रस्ट्याएका छन् ।

प्रकाशित : चैत्र २, २०७९ २१:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×