उपराष्ट्रपति निर्वाचन

मंगलबार रातिदेखि मौन अवधि

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते
कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार बानेश्वरस्थित संसद्‍ भवनमा हुने उपराष्ट्रपतिको निर्वाचनलाई पारदर्शी बनाउन भन्दै मंगलबार रातिदेखि मौन अवधि सुरु हुँदैछ । यस अवधिमा प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार रातिदेखि मौन अवधि

नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जसपाबाट प्रमिला कुमारी यादव र रामसहाय प्रसाद यादव, साथै जनमत पार्टीबाट ममता झा गरी चार जना उम्मेदवार रहेका छन् । प्रमिला यादवले भने आफूले उम्मेदवारी फिर्ता गर्दै जसपाका आधिकारिक उम्मेदवार रामसहायलाई सघाउने घोषणा गरिसकेकी छन् । तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि उनले फिर्ता लिएको घोषणा गरेकी हुन् ।

रामसहाय प्रसाद यादवलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादीको समर्थन छ । ५२ हजार ६ सय २६ मतभारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको मतभारत मात्रै २८ हजार ९ सय ५६ रहेको छ । एमालेको मतभार १५ हजार ३ सय ९१ रहेको छ ।

मौन अवधिमा उम्मेदवाहरुले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, उम्मेदवाको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने निर्वाचन आयोगले जनाएको छ । यस्तै यस अवधिमा आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न पनि पाइँदैन ।

प्रकाशित : फाल्गुन ३०, २०७९ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?