कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूको बधाई

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । मुर्मूले सोमबार वक्तव्य जारी गर्दै पौडेललाई बधाई तथा शुभकामना व्यक्त गरेकी हुन् ।

राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूको बधाई

घनिष्ठ र मित्रवत छिमेकीको रूपमा, भारत र नेपालबीच रहेको सौहार्दपूर्ण र बहुआयामिक सम्बन्ध स्मरण गराउँदै भारतीय राष्ट्रपति मुर्मूले भारत सरकार, भारतीय जनता र व्यक्तिगत तर्फबाट पौडेललाई बधाई ज्ञापन गरेकी हुन् ।

'तपाईंको सक्षम मार्गदर्शनमा हाम्रो व्यापक सहयोग अझ सुदृढ हुनेमा म विश्वस्त छु। म हाम्रो द्विपक्षीय साझेदारीलाई थप सुदृढ गर्न तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु,' मुर्मूले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यस क्रममा उनले नेपाल र नेपाली जनताको उन्नति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेकी छन् । नवनिर्वाचित राष्ट्रपति पौडेललाई अष्ट्रेलिया, अमेरिकाका लगायत देशका नेपालस्थित राजदूतहरूले पनि बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

पौडेलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै विभिन्न देशका उच्च अधिकारीहरूबाट बधाई तथा शुभकामना व्यक्त भएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?