कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

राष्ट्रपति पौडेलले गरे पदभार ग्रहण

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार ग्रहण गरेका छन् । सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएसँगै शीतल निवासमा पौडेलले पदभार ग्रहण गरेका हुन् । 

राष्ट्रपति पौडेलले गरे पदभार ग्रहण

पदभार ग्रहण गर्नुअघि राष्ट्रपति पौडेलले लैनचौरस्थित सहिद स्मारकमा रहेको सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेका थिए ।


राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले आफूले जिम्मेवारी सम्हालेसँगै शहीद स्मारकमा रहेको शहीद स्तम्भमा पुष्पगुच्छा अर्पण प्रचलन रहिआएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

प्रकाशित : फाल्गुन २९, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?