उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक जारी

कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनका शीर्ष नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक जारी

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरु हुन केही समय मात्र बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । उपराष्ट्रपतिका लागि शनिबार मनोनयन र चैत ३ मा निर्वाचन गर्ने कार्यतालिका छ ।

गठबन्धनमा पहिले उपराष्ट्रपति जसपालाई दिने सहमति भएको तर अहिले नयाँ तरिकाले छलफल अगाडि बढेको छ । जसपालाई उपराष्ट्रपति र अन्य दललाई रोजाइको मन्त्रालय दिएर सहमति खोज्न सकिने सम्भावना कायमै रहेको पनि दलका नेता बताउँछन् ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन २७, २०७९ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?