१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । शनिबार बिहान साढे ८ बजे गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरु हुन केही घण्टा मात्र बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । उपराष्ट्रपतिका लागि शनिबार मनोनयन र चैत ३ मा निर्वाचन गर्ने कार्यतालिका छ ।

गठबन्धनमा पहिले उपराष्ट्रपति जसपालाई दिने सहमति भएको तर अहिले नयाँ तरिकाले छलफल अगाडि बढेको छ । जसपालाई उपराष्ट्रपति र अन्य दललाई रोजाइको मन्त्रालय दिएर सहमति खोज्न सकिने सम्भावना कायमै रहेको पनि दलका नेता बताउँछन् ।

सम्बन्धित समाचार

प्रकाशित : फाल्गुन २७, २०७९ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?