राष्ट्रपति निर्वाचन : मतगणनाबारे यस्ता छन् आयोगका ७ निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति निर्वाचनको मतगणनाका विषयमा निर्वाचन अधिकृतको कार्यालयले ७ निर्णय गरेको छ । मतगणनाका विषयमा राष्ट्रपति पदका उम्मेदवारका प्रतिनिधिहरूसँग १ बजे छलफल गरेको आयोगले ७ निर्णय गरेको हो । 

राष्ट्रपति निर्वाचन : मतगणनाबारे यस्ता छन् आयोगका ७ निर्णय

बैठकमा सहभागी राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङका प्रतिनिधि महेश बर्तौलाले सात निर्णय भएको जानकारी दिए । बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत महेश शर्मा पौडेल, राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलका प्रतिनिधि रमेश लेखक र नेम्वाङका प्रतिनिधि बर्तौला लगायतको उपस्थिति थियो ।

यस्ता छन् राष्ट्रपति उम्मेदवारका प्रतिनिधिहरूसँग निर्वाचन आयोगको मतगणनासम्बन्धी बैठकले गरेका निर्णय :

  • दिउँसो ४ बजेदेखि मतगणना सुरु हुने
  • स्वस्तिक छाप नभएको मत बदर हुने
  • सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्ने, अन्यथा बदर
  • संघीय संसद् र प्रदेश सभाको अलगअलग मतगणना हुने
  • मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक-एक जना गणना प्रतिनिधि रहने
  • मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने
  • मतगणनापश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिने

प्रकाशित : फाल्गुन २५, २०७९ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?