१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

राष्ट्रपति निर्वाचन : ४ बजेदेखि मतगणना सुरु गर्ने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति निर्वाचनको मतगणना बिहीबार अपराह्न ४ बजेदेखि सुरु गर्ने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । मतगणनाको तयारीका लागि कार्यालयले राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवास नेम्वाङका प्रतिनिधिसँग छलफल गर्ने भएको छ । 

राष्ट्रपति निर्वाचन : ४ बजेदेखि मतगणना सुरु गर्ने तयारी

बिहान १० बजे सुरु भएको मतदान अपराह्न ३ बजेसम्म हुनेछ । दिउँसो १ बजेसम्मको तथ्यांकअनुसार प्रदेशतर्फ ४४० मत खसेको छ भने संघीय संसद्तर्फ २९५ मत खसेको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बेलुका ७ बजेसम्म निर्वाचनको नतिजा आइसक्ने जानकारी दिएका छन् ।

निर्वाचनमा प्रतिनिधिसभाका २ सय ७२ (फरार १ सहित), राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५ सय ५० गरी ८ सय ८१ मतदाताले भाग लिनेछन् ।

संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६ सय २८ रहेको छ ।

प्रकाशित : फाल्गुन २५, २०७९ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?