१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राष्ट्रपति निर्वाचनमा नेमकिपा सहभागी नहुने

प्रतिनिधिसभामा नेमकिपाका १ र वाग्मती प्रदेशसभामा ३ सांसद रहेका छन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल मजदुर किसान पार्टी(नेमकिपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले निर्वाचनमा सहभागी नहुने निर्णय गरेको प्रतिनिधिसभा सदस्यसमेत रहेका पार्टीका सचिव प्रेम सुवालले जनाएका छन् । 

राष्ट्रपति निर्वाचनमा नेमकिपा सहभागी नहुने

राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा कांग्रेस र एमालेको दृष्टिकोणमा अन्तर नभएको जनाउँदै निर्वाचनमा सहभागी नहुने निर्णय भएको सुवालले बताएका छन् । उनी भन्छन्, 'आज मिति २०७९ फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने राष्ट्रपतिको निर्वाचनबारे पार्टी केन्द्रीय सचिवालयको बैठकमा छलफल भयो । राष्ट्रपतिको उम्मेदवार व्यक्ति होइन, पार्टीको दृष्टिकोण हो । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेका र एमालेको दृष्टिकोणमा तात्त्विक अन्तर छैन ।'

राष्ट्रपति निर्वाचनमा नेमकिपाका सांसदको मतभार २२३ रहेको छ । प्रतिनिधिसभामा नेमकिपाका १ र वाग्मती प्रदेशसभामा ३ सांसद रहेका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७९ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?