राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर मधेस प्रदेशका सांसद गोविन्दबहादुर न्यौपाने घाइते भएका छन् । एकीकृत समाजवादी पार्टीबाट सप्तरी-४(१) बाट निर्वाचित सांसद न्यौपाने भोट हालेर फर्किने क्रममा लडेका हुन् । 

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कने क्रममा लडेर प्रदेश सांसद न्यौपाने घाइते

सिँढीबाट ओर्लने क्रममा चक्कर लागेर उनी लडेको एकीकृत समाजवादी पार्टीका नेताहरूले जानकारी दिएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको बताइएको छ । सुरूमा उनलाई संसद् भवननजिकै रहेको सिभिल अस्पतालमा उपचारका लागि लगिए पनि अहिले उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगेर उपचार थालिएको छ ।

मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताएका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७९ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?