कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय होइन : अध्यक्ष ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम राष्ट्रपति हुनु सामान्य विषय नभएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफलतापूर्वक सम्पन्न भएको बताउँदै अध्यक्ष ओलीले गाउँमा जन्मिएर प्रथम राष्ट्रपति हुनु सामान्य विषय नभएको बताएका हुन् ।

गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय होइन : अध्यक्ष ओली

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीको सफल‚ सही‚ उत्कृष्ट र मर्यादित भूमिकालाई हेरेर दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन भएको बताएका छन् ।

उनले राष्ट्रपतिको यसखालको भूमिका नेपाल राष्ट्र र नेपाली महिलाहरूका लागि गर्वको विषय भएको बताउँदै भोजपुरको गाउँमा जन्मिएर नेपालको प्रथम महिला राष्ट्रपति हुनु सामान्य विषय नभएको बताएका हुन् । ‘आज महिला दिदीबहिनीहरूले गौरव गर्नुपर्दछ कि विद्या भण्डारीजस्तो महिला नेतृ, तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको महिला नेतृले त्यस आन्दोलनको उपजले त्यहाँ पुगेको व्यक्तिले देशलाई ७ वर्षसम्म राष्ट्र प्रमुखको हैसियत भोजपुरको एउटा गाउँमा जन्मिएर, गाउँको पाठशालाको शिक्षादीक्षाबाट आएर त्यस्ता ठाउँबाट आएर संघर्ष गर्दै राष्ट्रपतिको जिम्मेवारी बहन गर्ने । र, त्यो जिम्मेवारी एक पटक मात्रै होइन‚’ उनले भने‚ ‘फेरि उहाँ जिद्दी गरेर यहाँ रहनै पर्छ भनेर होइन; अघिल्लो कार्यकालमा उहाँको सफल, सही र उत्कृष्ट मर्यादित भूमिकालाई हेरेर व्यवस्थापिका संसद्‌ले नै राष्ट्रपति चयन गर्नुपरेको थियो ।’

राष्ट्रपतिको काम देखिसकेपछि निर्वाचन मण्डल बनिसकेपछि प्रदेशसभाहरू बनिसकेपछि उनलाई सिंगै देशले एक कार्यकाल छोटो भए पनि त्यसको अनुभवलाई हेरेर भण्डारीलाई राष्ट्रपति बनाइएको बताउँदै उनले भने‚ ‘यो हामी नेपालीहरूका लागि गौरवको विषय हो । यो आन्दोलनको नेतृ नेपालको ईतिहासमा प्रथम महिला राष्ट्रपतिको उपमा पाउनुभएको छ । र, उहाँले सफलतापूर्वक कार्यकाल सम्पन्न गर्नुभएको छ ।’

अध्यक्ष ओलीले महिलाहरू अब प्रधानमन्त्री पनि बन्न सक्ने भन्दै त्यसका लागि क्षमता विकास भने गर्नुपर्ने बताए ।

प्रकाशित : फाल्गुन २४, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?