फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार, एक बेहोस

अनिश भट्टराई

गण्डकी — पोखरास्थित फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनाको उद्धार भएको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेद जोशीका अनुसार ५ जना सकुशल फेला परेका छन् भने एक वृद्धालाई बेहोस अवस्थामा तालबाट निकालिएको छ।

फेवातालमा डुबेका पाँच जनाको सकुशल उद्धार, एक बेहोस

पोखरा महानगरपालिका १ बगरको सपरिवार फेवा ताल घुम्न गएका बेला डुंगा पल्टिएको थियो ।डुंगा पल्टिएपछि बेहोस भएकी ७० वर्षीया याममाया गिरीलाई उपचारका लागि प्रहरीले अस्पताल लगेको छ ।

डुंगामा सवार सबैको उद्धार कार्य पूरा भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७९ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?