कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

राष्ट्रपति निर्वाचनअघि आठदलीय गठबन्धनले शुक्रबार सातै प्रदेशमा भेला गर्ने

आठदलीय गठबन्धनको प्रदेशस्तरीय भेलामा सम्बन्धित प्रदेशका पदाधिकारीलाई खटाउने कांग्रेसको निर्णय
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपतिको निर्वाचनकालागि आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले राष्ट्रपति निर्वाचनमा गठबन्धन गरेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् ।

राष्ट्रपति निर्वाचनअघि आठदलीय गठबन्धनले शुक्रबार सातै प्रदेशमा भेला गर्ने

राष्ट्रपति चुन्नका लागि २५ फागुनमा मतदान हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि गठबन्धनले सातै प्रदेशका मतदातासँग छलफल गर्न प्रदेशस्तरीय भेला गर्न लागेको हो । नेताहरूका लागि फागुन १९ गते सातै प्रदेशमा एकैसाथ त्यस्तो भेला आयोजना गरिएको छ भने भेलाका लागि कांग्रेसले सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारीहरुलाई जिम्मेवारी दिएको छ ।

सभापति शेरबहादुर देउवाले बुधबार विहान पार्टीका पदाधिकारीहरुसँग छलफलपछि सम्बन्धित प्रदेशका पदाधिकारीहरुलाई नै प्रदेशस्तरमा हुने गठबन्धनको भेलामा सहभागी हुन र नेतृत्व गर्न जिम्मेवारी तोकेका हुन् । गठबन्धनको त्यस्तो भेलामा गठबन्धनका नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिइनेछ ।

राष्ट्रपति निर्वाचनमा कांग्रेसका पौडेल र एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी छ भने संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता छन् ।

प्रकाशित : फाल्गुन १७, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?