कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

घरको पर्खाल भत्किएर पुरिँदा मजदुरको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — भक्तपुरको लोकन्थलीमा घरको जग खन्ने क्रममा नजिकको अर्को घरको पर्खाल भत्किएर पुरिँदा एक मजदुरको ज्यान गएको छ । सुनसरीको  बराहक्षेत्र नगरपालिका ४ का २३ वर्षीय मञ्जय भनिने धर्मेन विकको आइतबार बिहान निर्माणाधीन घरको जग खन्ने क्रममा नजिकैको अर्को घरको पर्खाल भत्किएर पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए ।

निर्माण मजदुर विक मध्यपुरथिमि नगरपालिका १, लोकन्थली खरिबोट बासुकी कोलोनी नजिकै आइतबार बिहान करिब साढे ८ बजे तुलसीप्रसाद गौतमको बन्दै गरेको घरको जग खनिरहेका थिए ।

त्यही बेला सँगै जोडिएको रामप्रसाद ओलीको घर कम्पाउन्डको ढुंगा र इटाको पर्खाल भत्किएर उनलाई पुरेको थियो । उनी पुरिएको थाहा पाएपछि घटनास्थल पुगेको प्रहरीसहित स्थानीयले उनको उद्धार गरी उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका लागि पुर्‍याएका थिए ।

उनको उपचारकै क्रममा बिहान १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित : फाल्गुन १४, २०७९ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?