कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दैछिन् । राष्ट्रपतिबाट हुने सम्बोधनका लागि संघीय संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको जनाएको छ ।

राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

राष्ट्रपति भण्डारीले अपराह्न ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । उनले गर्ने सम्बोधनको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् ।

त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने कार्यसूची रहेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

यस्तै, सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाको पहिलो अधिवेशन हाल जारी छ ।

प्रकाशित : माघ २७, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?