सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री रावलको सम्बोधन जारी - समाचार - कान्तिपुर समाचार

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, मुख्यमन्त्री रावलको सम्बोधन जारी 

कान्तिपुर संवाददाता

काठमाडौँ —  सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ । बैठकमा अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका छन् । सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलको पद धरापमा परेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बिहीबारको सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहेका छन् । एमाले नेता रावल संविधानको धारा १६८ (२) बमोजिम नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित : माघ २६, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्

सांसदहरूको लेटरप्याडमा एकरुपता ल्याइने

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभाका सदस्यहरूको लेटरप्याडमा एकरुपता ल्याइने भएको छ । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको बैठकमा सांसदको लेटरप्याडमा एकरुपता ल्याउने गरी व्यवस्था गर्न लागिएको हो । बिहीबार बसेको मस्यौदा समितिको बैठकमा समितिका सदस्यहरूले सांसदको लेटरप्याडमा एकरुपता हुने गरी व्यवस्था गर्न सहमति गरेका छन् । 

यसअघि सांसदहरूले आफूखुसी लेटरप्याड बनाउने, दलको नेताको फोटो राख्ने र झन्डाको समेत फोटो राख्ने गरिएको थियो । अब नयाँ बन्ने प्रतिनिधिसभा नियमावलीले त्यसबारे संशोधन गर्दै सबै सांसदहरूको लेटरप्याडमा एकरुपता कायम गर्ने व्यवस्था गर्न लागिएको हो ।

प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न, समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न तथा प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन प्रतिनिधिसभा नियमावली मस्यौदा तयार गर्न प्रतिनिधिसभाको १० माघको बैठकले २१ सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नांगिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ल, सीता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन् ।

प्रकाशित : माघ २६, २०७९ १६:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×